Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
Social cohesion concerns voiced as Royal Commission to air issues of antisemitism, extremism - बोन्डाइ घटना माथि शाही आयोग छानबिन: किन हुँदैछ अस्ट्रेलियामा सामाजिक एकताप्रति चिन्ता?
14/01/2026 Duration: 09minPrime Minister Anthony Albanese has announced a Federal Royal Commission into the Bondi terror attack and rising antisemitism. It's to be led by former High Court Justice Virginia Bell and incorporate a national security review by Dennis Richardson. While the inquiry aims to promote social cohesion and address extremism by December 2026, experts warn that its success will depend on navigating the delicate balance between free speech and hate speech. - प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बोन्डाइ आक्रमण र ‘एन्टीसेमिटिजम्’का बारेमा छानबिन गर्न सङ्घीय शाही आयोगको घोषणा गरेका छन्। यसको नेतृत्व हाई कोर्टकी पूर्व न्यायाधीश भर्जिनिया बेलले गर्ने तय भएको छ। सन् २०२६ को डिसेम्बरसम्म चल्ने उक्त समीक्षाले सामाजिक एकतालाई प्रवर्द्धन गर्ने र अतिवादलाई सम्बोधन गर्ने लक्ष्य राखेको बताइएको छ। एक रिपोर्ट।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १४ ज्यानुअरी २०२६
14/01/2026 Duration: 05minयस बर्षको एडिलेड फेस्टिवल रद्द भएपछि साउथ अस्ट्रेलियाका कला मन्त्री एन्ड्रिया माइकेल्सले नयाँ बोर्ड सदस्यहरू नियुक्त गरेकी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepal Update: Rastriya Swatantra Party and Ujyalo Nepal Party split, Nepali Congress holds special convention - नेपाल अपडेट: रास्वपा र उज्यालो नेपाल पार्टीबिच एकता भङ्ग र नेपाली काँग्रेसको विशेष महाधिवेशन
14/01/2026 Duration: 11minListen to the latest weekly update from Nepal, including the Rastriya Swatantra Party (RSP) and Kulman Ghising's Ujyalo Nepal Party separation, Nepali Congress special convention ahead of the March 5 elections and the ICC T20 World Cup 2026 trophy tour in Nepal. - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच एकता नहुने भएको छ। उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङले उनको पदलाई लिएर दबाब दिएपछि एकता हुन नसकेको रास्वपाको भनाइ बाहिर आएको छ। तर एकताको प्रयास विफल भएपछिको पत्रकार सम्मेलनमा घिसिङले त्यस्तो नभएको दाबी गरे। त्यस्तै, नेपाली काँग्रेसको विशेष महाधिवेशन भएको छ। पार्टी संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य नरहेको भन्दै कार्यकर्तालाई निर्वाचनमा होमिनका लागि आह्वान गरेको समयमा दलका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनको आह्वान भएको थियो। यो लगायत करिब २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखा मुनि रहेको तथ्याङ्क र आइसीसी टी-२० विश्वकप २०२६ ट्रफी टुर सम्पन्न लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 14 January 2026 - बुधवार, १४ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
13/01/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
13/01/2026 Duration: 06minListen to the top Australian news from the past seven days, including Prime Minister Anthony Albanese’s announcement of a royal commission into the Bondi incident, additional financial assistance for bushfire-affected residents in Victoria and Australia’s victory in the Ashes series. - प्रधानमन्त्री एन्थोनी आल्बानिजीद्वारा बोन्डाइ घटनामा शाही आयोगको घोषणा, भिक्टोरियामा डढेलो प्रभावितहरूका लागि थप आर्थिक राहत र एसेज शृङ्खलामा घरेलु टोली अस्ट्रेलियाको जित लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 13 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १३ ज्यानुअरी २०२६
13/01/2026 Duration: 07minListen to the latest top news from Australia in Nepali, including Kevin Rudd stepping down as Australia's ambassador to the United States. - संयुक्त राज्य अमेरिकाका लागि अस्ट्रेलियन राजदूत केभिन रडको कार्यकाल आगामी मार्च महिनामा सकिँदै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Your guide to camping in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँको ‘क्याम्पिङ गाइड’
12/01/2026 Duration: 09minGoing camping is an incredible way to experience Australia’s great outdoors whilst also taking a break from technology and daily routines. We unpack the benefits of camping, the preparation required, the equipment you should consider taking, and how to be a considerate camper. - अस्ट्रेलियामा क्याम्पिङ जानु, यहाँको प्राकृतिक सौन्दर्यको अनुभव गर्ने एउटा राम्रो तरिका हो। साथै, यसले प्राविधिक उपकरण र दैनिक जीवनको व्यस्तताबाट केही समयका लागि विश्राम दिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले क्याम्पिङका फाइदाहरू, तयारी गर्दा ध्यान दिनुपर्ने कुराहरू, क्याम्पिङमा के-के सामान लैजानु उपयुक्त हुन्छ र राम्रो क्याम्पर कसरी बन्न सकिन्छ भन्ने बारे चर्चा गरेका छौँ।
-
Australian weather update for Tuesday, 13 January 2026 - मङ्गलवार, १३ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
12/01/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
‘नेपालबाटै आफ्नो लक्ष्य तय गरेर आउनुहोस्’: विद्यार्थी जीवन अस्ट्रेलियामा कसरी सजिलो बनाउने?
12/01/2026 Duration: 11minअस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूको सङ्ख्या पछिल्लो समय बढेको छ। सन् २०२५ अक्टोबरसम्म हेर्दा, ६८,००० भन्दा धेरै नेपालीभाषी विद्यार्थीहरू अध्ययनरत रहेको अस्ट्रेलिया सरकारको शिक्षा विभागको तथ्याङ्कले देखाउँछ, जुन त्यो भन्दा अगिल्लो सालको तुलनामा ४.४ प्रतिशतले बढेको हो। नयाँ वर्षको सुरुवातसँगै नयाँ ‘इन्टेक’ सुरु हुने समय नजिकिँदै गर्दा, अस्ट्रेलिया आउन सोचिरहेका विद्यार्थीहरूले के-के कुरामा ध्यान दिनु पर्ला त? भाषा, कामको खोजी, अध्ययन र कामको सन्तुलन, तथा नयाँ जीवनशैलीमा घुलमिल हुँदाका चुनौती लगायत सुझावका बारेमा एसबीएस नेपालीले केही विद्यार्थीहरूसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Monday, 12 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १२ ज्यानुअरी २०२६
12/01/2026 Duration: 05minListen to the latest top news from Australia in Nepali, including the deadly bushfires in Victoria, with the first death confirmed. - भिक्टोरियामा लागेको डढेलोमा परि एक जनाको मृत्यु भएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 12 January 2026 - सोमवार, १२ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
11/01/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 11 January 2026 - आइतवार, ११ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
10/01/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Saturday, 10 January 2026 - शनिवार, १० ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
09/01/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
New electric air taxi prototype released - बेलायतमा तयार भयो उड्ने ट्याक्सीको नमुना: अस्ट्रेलियामा कहिले आउला?
09/01/2026 Duration: 06minA company in the UK has unveiled a new prototype electric air taxi, promising to bring urban air transport to the masses. It's the next step in a globally burgeoning industry, for which the Australian aviation regulator is already planning. But, what are the challenges ahead? - संयुक्त अधिराज्य(युके)को एक कम्पनीले विद्युतीय हवाई ट्याक्सीको नमुना सार्वजनिक गरेको छ। सानो विमान आकारको यो ट्याक्सीले सहरी हवाई यातायातलाई मानिसहरू माझ पुर्याउने वाचा गरेको छ। अस्ट्रेलियाको नागरिक उड्डयन सुरक्षा प्राधिकरणले भने सन् २०२७ र २०२९ का बिचमा सहरी क्षेत्रहरूमा हवाई ट्याक्सी सञ्चालन हुन सक्ने अपेक्षा गरेको छ। एक रिपोर्ट।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ९ ज्यानुअरी २०२६
09/01/2026 Duration: 06minप्रधानमन्त्री एन्थोनी अल्बनीजीले बोन्डाइमा भएको आतंकबादि आक्रमणको संज्ञा दिइएको घटनाबारे एक वर्षे सङ्घीय शाही आयोग गठन गर्ने घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Friday, 9 January 2026 - शुक्रवार, ९ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
08/01/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Visa Talk: Australian immigration 2026 rule changes, here's what you need to know - भिसा कुराकानी: अस्ट्रेलियामा सन् २०२६ मा के-के परिवर्तन हुँदै छन् त?
08/01/2026 Duration: 19minAustralia is heading into 2026 with a migration policy undergoing a major reset — not by slashing permanent intake, but by reshaping who comes and why. In this podcast episode, SBS Nepali spoke with Sydney-based immigration agent Shambhu Kandel about key changes to immigration, things to consider when applying for student and partner visas, Aged Parent Visa and language test reforms. - सन् २०२६ को सुरुवातसँगै अस्ट्रेलियामा भिसा सम्बन्धी केही नियमहरू अद्यावधिक हुँदै छन्। देश भित्रने आप्रवासीहरूको सङ्ख्या नघट्ने भए पनि अस्ट्रेलियामा को आउँदै छन् र किन आउँदै छन् भन्ने कुरालाई बढी ध्यानमा राखिने बताइएको छ। अध्यागमन सम्बन्धी पछिल्ला परिवर्तन, विद्यार्थी र पार्टनर भिसा आवेदन दिँदा ध्यान दिनु पर्ने कुराहरू, ‘ल्याङ्ग्वेज टेस्ट’मा आएका फेरबदल लगायत एज्ड प्यारेन्ट भिसाको बारेमा सिड्नीस्थित अध्यागमन एजेन्ट शम्भु कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
08/01/2026 Duration: 06minStay informed about the significant world events from the past week in Nepali language. - संयुक्त राज्य अमेरिकाले विश्वकै ठुलो टापु ग्रिनल्यान्ड किन्ने बारेमा सक्रिय रूपमा छलफल अगाडी बढाएको भनाइ, अमेरिकी राष्ट्रपतिले भेनेजुएलाबाट पाँच करोड ब्यारल तेल प्राप्त गर्ने योजना अघि सारेपछि चीनको आलोचना र म्यानचेस्टर युनाइटेडले आफ्नो मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 8 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ८ ज्यानुअरी २०२६
08/01/2026 Duration: 06minListen to the latest top news from Australia in Nepali, including updates as fire authorities say the entirety of Victoria can expect extreme fire conditions on Friday amid an ongoing heatwave. - निरन्तर गर्मीको लहरका कारण शुक्रवार भिक्टोरियामा आगलागीको जोखिम रहेको अधिकारीहरूको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘Year of the Horse’: Gurung community marks Tamu Lhosar in Australia - ‘सर्प वर्गको बिदाइ, घोडा वर्गको स्वागत’: अस्ट्रेलियामा तमु ल्होसार
07/01/2026 Duration: 11minThe Gurung community has bid farewell to the Year of the Snake and welcomed the Year of the Horse. SBS Nepali spoke to community members in Sydney and Melbourne during Tamu Lhosar events organised by Tamu Samaj Sydney and Tamu Samaj Victoria, who say they are committed to carrying traditions forward despite challenges in teaching language and culture to the second generation. - 'यर अफ द हर्स्' अर्थात् घोडा वर्गलाई स्वागत गर्दै, अस्ट्रेलियामा तमु ल्होसार मनाइएको छ। परम्परागत खाना, पोसाक र नाचगान सहित गुरुङ समुदायका सदस्यहरू भेला भई सर्प वर्गलाई बिदाइ गरेका छन्। दोस्रो पुस्तालाई भाषा र संस्कृति सिकाउन चुनौतीपूर्ण रहेको भए पनि, महत्वका साथ यसलाई अगाडी बढाइरहेको सिड्नीमा तमु समाज सिड्नी र मेलबर्नमा तमु समाज भिक्टोरियाले आयोजना गरेका कार्यक्रममा उपस्थित समुदायका सदस्यहरूले एसबीएस नेपालीलाई बताएका छन्।