Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 47:25:04
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १७ जुन २०२५

    16/06/2025 Duration: 02min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • ‘निकै राम्रो टिम वर्क’: सकरूजको विश्वकप यात्रा बारे राजु मानन्धरको विश्लेषण

    16/06/2025 Duration: 05min

    सन् २०२६ मा हुन गइरहेको फिफा विश्वकपको नयाँ संस्करणका लागि अस्ट्रेलिया छनौट भएको छ। जापान र साउदी अरेबियालाई हराएपछि विश्वकपका लागि अस्ट्रेलियाले स्थान पक्का बनाएको हो। यसै सन्दर्भमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व कोषाध्यक्ष एवम् नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा टिम म्यानेजर राजु मानन्धरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। हामीसँगको कुराकानीमा उनले जापानलाई १६ वर्ष पछि हराउन सफल अस्ट्रेलियन टोली सकरूजको जीत पछाडि कुनै स्टार खेलाडी नभएर टिम वर्क रहेको बताएका छन्।

  • SBS Nepali Australian News Headlines: Monday, 16 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १६ जुन २०२५

    16/06/2025 Duration: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • नेपाल बजेट २०८२/८३: विदेशमा बस्ने नेपालीका लागि के छ?

    15/06/2025 Duration: 09min

    आर्थिक वर्ष २०८२/८३का लागि भन्दै नेपाल सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। तर विपक्षी दलहरूले सदन अवरुद्ध गरेकाले बजेटबारे सङ्घीय संसद्मा छलफल हुन सकेको छैन र बजेटको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको भनाइहरू पनि निजी क्षेत्रबाट आइरहेका छन्। यसै सन्दर्भमा युवा र विदेशमा बस्ने नेपालीका लागि बजेटमा रहेका प्रावधानहरूबारे नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, १६ जुन २०२५

    15/06/2025 Duration: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ३): नेपालीहरूको आगमन

    15/06/2025 Duration: 10min

    सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो तेस्रो एपिसोडमा चाहिँ अस्ट्रेलियामा नेपालीहरूको आगमनको सुरुवात र नेपाली समुदायको विस्तार बारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS 50: आफैँलाई फर्किएर हेर्दा (भाग २)

    14/06/2025 Duration: 11min

    यो वर्ष अस्ट्रेलियाको बहुसांस्कृतिक सार्वजनिक प्रसारण संस्था एसबीएसले आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाइरहेको छ। यसै क्रममा सन् २००३ देखि सुरु भएको एसबीएस नेपाली सेवाका पहिलो प्रसारक, पत्रकार तथा प्रमुख भएर काम गर्नुभएका सहकर्मी रेजिस अर्यालसँग उनले २० वर्षभन्दा अगि पहिलो पटक एसबीएसमा काम सुरु गर्दाको अनुभव, तत्कालीन समयमा स्थानीय समुदाय तथा सामुदायिक संस्थाहरूबाट पाएको समर्थन, सुझाव र सहयोग लगायतका विषयमा गरिएको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Sunday, 15 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १५ जुन २०२५

    14/06/2025 Duration: 01min

    Australian weather update for Sunday, 15 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १४ जुन २०२५

    13/06/2025 Duration: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाभर कहाँ के-के कार्यक्रम हुँदैछन्?

    13/06/2025 Duration: 08min

    अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • Albanese government defends sanctions on two Israeli government ministers - दुई इजरेली मन्त्रीहरूमाथि अस्ट्रेलियाले किन लगायो प्रतिबन्ध?

    13/06/2025 Duration: 09min

    Australia has imposed sanctions on two members of the Israeli government, taking the action alongside four other nations. The move has been welcomed by some, but there are concerns it will impede the ongoing peace process. - अस्ट्रेलियाले इजरेलका दुई मन्त्रीहरू माथि प्रतिबन्ध जारी गरेको छ। यो कदमको केही स्वागत गरेका छन् भने केहीले चल्दै आएको शान्ति प्रक्रिया भङ्ग हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। एक रिपोर्ट।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १३ जुन २०२५

    13/06/2025 Duration: 05min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • हाम्रो आर्काइभबाट: विश्व साइकल यात्री माधव गुरुङ सन् २००५ मा सिड्नी आइपुग्दा

    13/06/2025 Duration: 14min

    एसबीएसले यो वर्ष आफ्नो स्थापनाको ५० वर्ष पुरा गर्दै स्वर्ण जयन्ती मनाइरहेको छ। यसै क्रममा सन् २००३ मा पहिलो पटक एसबीएस नेपाली सेवा सुरु भएयताका केही रोचक सामाग्रीहरू हामीले क्रमिक रूपमा प्रस्तुत गदैछौं। पोडकास्टको यो अङ्कमा विश्व साइकल यात्रामा हिँडेका माधव गुरुङसँग एसबीएस नेपालीका तत्कालिन कार्यक्रम प्रस्तोता रेजिस अर्यालले गर्नुभएको यो रमाइलो कुराकानी सुन्नुहोस्। यो कुराकानी शुक्रवार, १८ मार्च २००५ मा सिड्नीस्थित एसबीएसको स्टुडियोमा रेकर्ड गरिएको थियो।

  • SBS Nepali Australian weather update: Friday, 13 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १३ जुन २०२५

    12/06/2025 Duration: 01min

    Australian weather update for Friday, 13 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    12/06/2025 Duration: 06min

    Stay informed about the significant world events from the past week in Nepali language. - अमेरिका र चीनका बिचमा व्यापार सम्झौता, अस्ट्रियाको एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु र पछिल्लो इजरेली आक्रमणमा गाजामा ६० प्यालेस्टाईनीको ज्यान गएको गाजाका स्वास्थ्य अधिकारीहरूको भनाइ लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १२ जुन २०२५

    12/06/2025 Duration: 04min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS 50: The early days of SBS Nepali - SBS 50: आफैँलाई फर्किएर हेर्दा

    12/06/2025 Duration: 14min

    In 2003, SBS began broadcasting in the Nepali language, marking a milestone for the ever-growing Nepali-speaking community in Australia. Rajish Aryal, who spearheaded the Nepali program for over 15 years, spills the beans on the beginning of SBS’s Nepali service. - यो वर्ष अस्ट्रेलियाको बहुसांस्कृतिक सार्वजनिक प्रसारण संस्था एसबीएसले आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाइरहेको छ। यसैक्रममा सन् २००३ देखि सुरू भएको एसबीएस नेपाली सेवाका पहिलो प्रसारक, पत्रकार तथा प्रमुख भएर काम गर्नुभएका सहकर्मी रेजिस अर्यालसँग उनले २० वर्षभन्दा अगि पहिलो पटक एसबीएसमा काम सुरू गर्दाको अनुभव, तत्कालिन समयमा स्थानीय समुदाय तथा सामुदायिक संस्थाहरूबाट पाएको समर्थन, सुझाव र सहयोग लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Conversation: Controversies surrounding the NRNA, upcoming elections and public perception - एसबीएस नेपाली कुराकानी: एनआरएनएको विवाद, अस्ट्रेलियामा संस्थाको आसन्न चुनाव र आम धारणा

    11/06/2025 Duration: 18min

    As the peak body representing Nepalis in Australia, the Non-Resident Nepali Association (NRNA) Australia prepares for its election next month to choose new leadership, SBS Nepali spoke to the current president, Anil Pokhrel, along with journalists Chiranjebi Raj Devkota and Hemanta Kafle, on the controversies surrounding the NRNA, public perceptions and the preparation for the fair poll. - अस्ट्रेलियामा गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए)को चुनाव नजिकिँदै गर्दा विदेशमा बस्ने नेपालीहरूको प्रतिनिधित्व गर्ने भनिएको उक्त सङ्गठनमा पछिल्लो समय देखा परेको विवाद, आसन्न निर्वाचन र एनआरएनएलाई लिएर आम मानिसमा व्याप्त उदासीनता बारे एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल तथा पत्रकारहरू चिरञ्जीवीराज देवकोटा एवम् हेमन्त काफ्लेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 12 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १२ जुन २०२५

    11/06/2025 Duration: 02min

    Australian weather update for Thursday, 12 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ११ जुन २०२५

    11/06/2025 Duration: 03min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

page 10 from 21