Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 148:36:37
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • Nepal Update: Social media regulation bill withdrawn and single-phase elections - नेपाल अपडेट: सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता र एकै चरणमा हुने निर्वाचन

    10/02/2026 Duration: 10min

    Listen to the latest weekly update from Nepal, including the government's decision to withdraw the social media regulation bill, the Prime Minister’s statement on holding elections in a single phase and Nepal's Shivali Gurung and Korea's Seohyeon Kim's pair victory during Week 2 of ITF World Tennis Tour Juniors J60 Kathmandu girls' doubles. - सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता लिने भएको छ। यस साता बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक सङ्घीय सांसदबाट फिर्ता लिने निर्णय गरेको हो। त्यस्तै, एकै चरणमा निर्वाचन गरिने प्रधानमन्त्रीको भनाइ, प्रणय दिवसमा गुलाबको माग बढ्दो, प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गतको समानुपातिकतर्फको अन्तिम बन्द सूची प्रकाशित र शिभाली गुरुङ र दक्षिण कोरियाकी सिओह्योन होयन किमको जोडीले आईटीएफ टेनिस टु जुनियर जे ६०-सर्किट २को गर्ल्स डबल्समा शनिवार स्वर्ण पदक जितेको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

  • Australian weather update for Wednesday, 11 February 2026 - बुधवार, ११ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    10/02/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १० फेब्रुअरी २०२६

    10/02/2026 Duration: 04min

    आदिवासी महिला तथा बालबालिकाका लागि पहिलो पटक अलग्गै घरेलु, पारिवारिक र यौन हिंसा विरुद्धको योजना सरकारले सार्वजनिक गर्दै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Coroner identifies major failings by psychiatrist who treated Bondi Junction attacker - सन् २०२४ को बोन्डाइ छुरा प्रहार घटना: मनोचिकित्सकले किन पाइन् दोष?

    09/02/2026 Duration: 05min

    A psychiatrist who treated the Westfield Bondi Junction attacker has been referred for review by the coroner investigating the mass killing in 2024. New South Wales State Coroner Teresa O'Sullivan criticised the care of Joel Cauchi's former psychiatrist for failing to adequately respond to a schizophrenia relapse in the years before the mass stabbing, which saw six people killed and 10 injured. She has made 23 recommendations, including a call for the Health Ombudsman of Queensland to review the psychiatrist's care and treatment of Joel Cauchi. - सिड्नीको बोन्डाइस्थित वेस्टफिल्डमा सन् २०२४ मा ६ जनाको मृत्यु हुने गरी भएको सामूहिक हत्याको छानबिन गरिरहेकी कोरोनरले घटनामा संलग्न भनिएका आक्रमणकारीको उपचार गर्ने मनोचिकित्सकले आफ्नो जिम्मेवारी ठिक सँग पुरा गरे नगरेको बारेमा समीक्षाका लागि सिफारिस गरेकी छन् । यद्यपि कोरोनरले उक्त घटनाका पछाडि मनोचिकित्सकको मात्र दोष नरहेको भन्दै २३ सिफारिस पनि दिएकी छन्। एक रिपोर्ट।

  • Nep v Eng match analysis: ‘We need to stop losing by small margins with big test nations!‘ - नेपाल-इङ्ग्ल्यान्ड क्रिकेट समीक्षा: ‘तारिफ सामाजिक सञ्जालमा मात्र सीमित हुन्छ!’

    09/02/2026 Duration: 17min

    Nepal’s opening match of the T20 World Cup has drawn widespread attention from cricketing communities after the team fell short by four runs against England on Sunday, February 8, at Mumbai’s Wankhede Stadium. SBS Nepali spoke with sports analyst Sudin Pokharel about Nepal’s performance, challenges, strengths and prospects in the fixtures ahead. - नेपालले आफ्नो तेस्रो टी२० क्रिकेट विश्वकप यात्रा आइतवार, फेब्रुअरी आठमा मुम्बईस्थित वाङ्खेडे रङ्गशालामा इङग्ल्यान्डसँग भएको खेलबाट सुरु गरेको छ। खेलमा १८५ रनको लक्ष्य बोकेको नेपाल चार रनले पराजित हुन पुगेको हो। नेपालको खेलका विभिन्न आयाम, चुनौती, अवसर र आउँदा खेलका सम्भावनाबारे खेल विश्लेषक सुदिन पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • Australian weather update for Monday, 9 February 2026 - सोमवार, १० फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    09/02/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Monthly Finance Talk: How Australia's interest rate rise might affect you - आर्थिक कुराकानी: ब्याज दर वृद्धिले तपाईँको ‘होम लोन’मा कस्तो प्रभाव पार्ला?

    09/02/2026 Duration: 26min

    In this episode of our monthly finance chat, we spoke with financial advisor Bishwas Bhattarai, who discusses how the Reserve Bank's interest rate rise to 3.85 per cent might affect mortgage holders, its impact on the housing market, things you should know about capital gains tax and popular suburbs for buying and investing. - रिजर्भ ब्याङ्कको यस वर्षको पहिलो बैठकले ब्याज दर बढाउने निर्णय गरेको छ। ३.६ प्रतिशत रहँदै आएको ब्याजदर बढेर ३.८५ प्रतिशत पुर्‍याइएको हो। यस महिनाको आर्थिक कुराकानीमा ‘मोर्गेज होल्डर’हरूलाई ब्याज दर वृद्धिले गर्ने असर, क्यापिटल गेन्स ट्याक्स र घर किन्न वा लगानी गर्न फाइदाजनक सबर्बहरू लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।

  • Nepal in T20 World Cup: ‘A force to reckon with in international cricket!’ - नेपालको टी२० क्रिकेट विश्वकपबारे पारस खड्का: ‘यसपालि टेस्ट राष्ट्रलाई हराउने आशा’

    09/02/2026 Duration: 14min

    Nepal has begun its third T20 World Cup campaign with its first match against England on Sunday, February 8, 2026. The “underdogs” went down by four runs against two-time champions England, who posted 184 at Mumbai’s Wankhede Stadium. Ahead of the tournament, our Nepal correspondent Pratichya Dulal spoke with Nepal’s former captain and Cricket Association of Nepal Secretary Paras Khadka about the team’s prospects and expectations. - नेपालले आइतवार, आठ फेब्रुअरीदेखि इङ्ग्ल्यान्डसँगको खेलबाट टि२० विश्वकप २०२६ को यात्रा सुरु गरेको छ। भारतको मुम्बईस्थित वाङ्खेडे रङ्गशाला भएको खेलमा इङ्ग्ल्यान्डले बनाएको १८४ रनलाई पार गर्ने लक्ष्य बोकेको नेपाल चार रनले पराजित हुन पुगेको छ। टि२० फर्म्याटको यो १० ‌औँ विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो। नेपालले पहिलो पटक विश्वकप खेल्दा उक्त टिमको कप्तान रहेका र हाल नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्कासँग नेपाली टोलीको सम्भावना र उक्त टिमबाट राखिएको अपेक्षाबारे नेपाल संवाददाता प्रतिक्षा दुलालले प्रतियोगिता सुरु हुनु अगि गर्नुभएको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Monday, 9 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ९ फेब्रुअरी २०२६

    09/02/2026 Duration: 03min

    Listen to the latest top news from Australia in Nepali, including the Israeli president’s arrival in Sydney to begin his Australian visit. - चार दिने अस्ट्रेलिया भ्रमणका लागि इजरेली राष्ट्रपति आज सिड्नी आउँदै गर्दा सुरक्षा व्यवस्था कडा बनाइएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • सोमवार, ९ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    08/02/2026 Duration: 01min

    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • रेडियो कार्यक्रम: अस्ट्रेलियन भिसामा आएका नयाँ परिवर्तनहरू र नयाँ विद्यार्थीहरूका लागि सल्लाह

    07/02/2026 Duration: 54min

    बिहिवार, ४ डिसेम्बर सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले साप्ताहिक विश्व समाचार, रुस र अमेरिका बीच युक्रेनमा जारी द्वन्द्व अन्त्यका सम्भावित उपायबारे मस्कोमा भएको वार्ता, भिक्टोरियामा प्रस्तुत गरिएको वृत्तचित्र ‘शेयर्ड टेबल: रिजनल हिरोज’, पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकपका खेलेकी नेपाली पुनम चौधरीसँगको कुराकानी लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

  • Australian weather update for Sunday, 8 February 2026 - आइतवार, ८ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    07/02/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Basuri melodies in Melbourne: ‘Playing beyond four walls!’ - मेलबर्नमा बाँसुरीको धुन: ‘बन्द कोठा, चार भित्तामा मात्र बजाएर पुग्दैन रैछ!’:

    06/02/2026 Duration: 15min

    A group of Melbourne youth have recently completed their ’basuri‘ training. Melbourne-based community organisation Newa Pucha: Melbourne organised the Taste and Tunes event on Sunday, January 18. Speaking with SBS Nepali, President Sanjeeb Shrestha said the main objective of the program was to formally conclude the traditional flute training, while also showcasing Newari food and music, including Kumari dance and ‘dhime’ drums, to the broader multicultural community. Listen to our conversation with the organiser, newly finessed musicians and participants, as they reflect on the cultural significance of the musical instruments and their connection back home. - मेलबर्नस्थित सामुदायिक संस्था नेवा पुच: मेलबर्नको आयोजनामा ‘टेस्ट एन्ड ट्युन्स’ कार्यक्रम हालै सम्पन्न भएको थियो। आइतवार, जनवरी १८ मा एपिङमा आयोजित कार्यक्रममा नेवारी गीत-सङ्गीत, कुमारी नृत्य, बाँसुरी र धिमे बाजाको प्रस्तुति रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य करिब सात महिनादेखि बाँसुरी सिक्दै आएका विद्यार्थीहरूको तालिम औपचारिक रूपमा समापन गर्ने र नेव

  • Australian weather update for Saturday, 7 February 2026 - शनिवार, ७ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    06/02/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Radio Program: Experiences of Nepali grandparents, the Australian Open and more - रेडियो कार्यक्रम: अस्ट्रेलियामा नेपाली अभिभावकको अनुभव, अस्ट्रेलियन ओपन र विश्व समाचार

    06/02/2026 Duration: 54min

    Listen to our radio program first aired on SBS South Asian on Thursday, 15 January 2026 at 2 PM, focusing on weekly world news, experience of Nepali grandparents in Australia, latest from Iran and other topics. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, १५ ज्यानुअरी सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले विश्वका प्रमुख समाचार, अस्ट्रेलियामा बस्ने नेपाली अभिभावकहरूको अनुभव, इरान सम्बन

  • SBS Nepali Australian News Headlines: Friday, 6 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शु्क्रवार, ६ फेब्रुअरी २०२६

    06/02/2026 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali, including Minister for Indigenous Australians Malarndirri McCarthy's prioritisation of community safety following the declaration of an attempted bombing in Perth as a terrorist act. - पर्थमा ज्यानुअरी २६ को इन्भेजन डे र्‍यालीमा भएको बम प्रहारको प्रयासलाई एक आतङ्कवादी घटनाको संज्ञा दिइए पछि, समुदायको सुरक्षालाई प्राथमिकतामा राखेको आदिवासी अस्ट्रेलियनहरू सम्बन्धि मन्त्रीको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Friday, 6 February 2026 - शुक्रवार, ६ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    05/02/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Who's using the capital gains tax discount, and how much does it cost the budget? - ‘धनीलाई बचत, गरिबलाई खर्च’: ‘क्यापिटल गेन्स ट्याक्स’ किन फेरि चर्चामा?

    05/02/2026 Duration: 09min

    Following the latest interest rate rise, the Federal Government is facing renewed pressure from unions and economists to reform the 50 per cent Capital Gains Tax (CGT) discount, which critics label a "tax avoidance scheme" favouring the wealthiest Australians. While the Treasurer maintains a focus on housing supply, proponents of the reform argue that winding back these concessions could reclaim $20 billion in annual revenue and ease the cost-of-living crisis for the nation’s workforce. - रिजर्भ ब्याङ्कले पछिल्लो पटक गरेको ब्याजदर वृद्धि पछि सङ्घीय सरकारले हाल कायम रहेको ५० प्रतिशत क्यापिटल गेन्स ट्याक्स (सीजीटी) छुटलाई सुधार गर्न ट्रेड युनियन र अर्थशास्त्रीहरूको नयाँ दबाबको सामना गरिरहेको छ। आलोचकहरूले यो छुटलाई आर्थिक रूपमा समृद्ध मानिसहरूलाई फाइदा पुग्ने “कर छल्ने योजना”को रूपमा व्याख्या गरेका छन्। एक रिपोर्ट।

  • ‘To preserve the language and culture for the next generation’: Sonam Lhosar celebrated in Sydney - ‘उद्देश्य एउटै छ, भाषा संस्कृतिलाई बचाएर दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने’: सिड्नीमा मनाइयो सोनाम ल्होसार

    05/02/2026 Duration: 09min

    Members of the Tamang community from New South Wales and surrounding areas gathered at Riverside Theatres in Parramatta on Saturday, January 24, to celebrate Sonam Lhosar. SBS Nepali spoke to organisers and participants about what can be done to pass on the language and, culture to the second generation. - शनिवार २४ ज्यानुअरीमा पारामाटामा न्यु साउथ वेल्स लगायत अन्य राज्यमा बसोबास गर्ने तामाङ लगायत अन्य समुदायका सदस्यहरू भेला भएर सोनाम ल्होसार मनाएका छन्। एसबीएस नेपाली मिडिया पार्टनर रहेको कार्यक्रममा हामीले उपस्थितहरूसँग भाषा, संस्कृति र रीतिरिवाज दोस्रो पुस्तालाई हस्तान्तरण गर्न के गर्न सकिन्छ भनेर प्रश्न गरेका थियौँ। आयोजक संस्था तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सका अध्यक्ष अबिरल तामाङ सहित सहभागीहरूसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Thursday, 5 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ५ फेब्रुअरी २०२६

    05/02/2026 Duration: 03min

    Listen to the latest top news from Australia in Nepali, including The federal government believed to be considering removing or change a major tax break as part of its next budget, to attempt to address generational housing inequality and curb inflation. - आवासको असमानता र मुद्रास्फीति नियन्त्रण गर्न आगामी बजेटको एक भागका रूपमा हाल कायम रहेको 'क्यापिटल गेन्स ट्याक्स' परिवर्तन गर्ने बारेमा सङ्घीय सरकारले विचार गरिरहेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

page 7 from 61