Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
Cleaner to CEO: Nepali-origin Executive leads multi-million dollar Australian company - झन्डै क्लिनरको पनि काम नपाएको कम्पनीमा सीइओ बन्न पुगेका प्रवीण श्रेष्ठको अस्ट्रेलिया अनुभव
08/05/2026 Duration: 39minPrabin Shrestha, who began his journey at family-run company as a part-time cleaner, has recently been appointed the company’s Chief Executive Officer (CEO). After spending nearly three decades with the SKG Services, now valued at around $250 million, Shrestha has risen from an ordinary worker to leading more than 2,000 employees. Speaking with SBS Nepali, he reflects on the hard work, challenges, and motivation behind his journey to the top. - पार्ट टाइम क्लिनरका रूपमा एक पारिवारिक व्यवसायमा प्रवेश गरेका प्रवीण श्रेष्ठ हालसालै उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत वा सीइओ बन्न सफल भएका छन्। दुई करोड ५० लाख डलरको मूल्य बराबरको एसकेजी सर्भिसेसले समयसँगै गरेको प्रगतिका साक्षी रहेका श्रेष्ठ एक सामान्य कामदारबाट कम्पनीमा दुई हजार बढी कर्मचारीहरूलाई नेतृत्व दिने स्थानमा पुगेका छन्। श्रेष्ठले उनको तीन दशकपछिको यो फड्को पछाडिका परिश्रम र प्रेरणाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Backpacker to Ambassador: Felicity Volk's four decade long ‘love affair’ with Nepal - ब्याकप्याकरदेखि राजदूतसम्म: फेलिसिटी भोल्कको नेपालसँगको चार दशक लामो ‘लभ अफेयर’
08/05/2026 Duration: 12minFelicity Volk served as the Australian Ambassador to Nepal from 2021 to 2024 and is now involved with the Australian Himalayan Foundation (AHF), an organisation dedicated to charitable work in the Himalayas. Following her appointment to the foundation’s Board of Directors last year, SBS Nepali spoke with her about the various aspects of Australia-Nepal bilateral relations, highlighting the role of the Nepali diaspora in Australia. In the first of five episodes of the podcast, Volk also reveals her nearly 40-year love affair with Nepal and explains how the Nepali spirit of ‘Atithi Devo Bhava’ has touched her. - सन् २०२१ देखि २०२४ सम्म नेपालका लागि अस्ट्रेलियन राजदूत रहेकी फेलिसिटी भोल्क हाल हिमाली क्षेत्रमा परोपकारी कामहरू गर्ने अस्ट्रेलियन हिमालयन फाउन्डेसनसँग आबद्ध छिन्। गत साल उक्त संस्थाको सञ्चालक समिति सदस्यमा नियुक्त भएपछि एसबीएस नेपालीले उनीसँग अस्ट्रेलिया-नेपाल द्विपक्षीय सम्बन्धका विविध आयामहरू बारे कुराकानी गरेको थियो। प्रस्तुत छ उक्त कुराकानीको पहिलो भाग जसमा कोभिड-१९ महामारी जारी नै रहँदा एक नयाँ अ
-
Families with links to IS Group return to Australia | Morning Bulletin 8 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: शुक्रवार, ८ मे २०२६
08/05/2026 Duration: 04minThree women linked to former IS group fighters arrested after returning to Australia; Iran says it's still reviewing a US peace proposal; pressure builds on the AFL Giants ahead of their clash with Essendon - तथाकथित इस्लामिक स्टेट समूहसँग सम्बन्ध रहेको बताइएका तीन अस्ट्रेलियन महिलाहरू अस्ट्रेलिया फर्किएपछि पक्राउ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Monthly Finance Talk: ‘Harder days ahead’ - How the RBA rate rise might affect more than just your mortgage - आर्थिक कुराकानी: अस्ट्रेलियामा ब्याजदर बढ्यो, मलाई के मतलब?
07/05/2026 Duration: 27minIn this episode of our monthly finance chat, financial advisor Bishwas Bhattarai discusses the Reserve Bank of Australia’s latest decision to raise interest rates for the third time this financial year, lifting the cash rate from 4.10 per cent to 4.35 per cent, and how this might affect more than your mortgage. Tune in to know about the winners and losers of Victoria's 2026-27 state budget, and what to expect from the upcoming federal budget, set to be announced next week. - अस्ट्रेलियाको ब्याजदर यस आर्थिक वर्षमा तेस्रो पटक बढाइएको छ। रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाले मङ्गलवार बसेको बैठकपछि दरलाई ४.१० प्रतिशतबाट बढाएर ४.३५ प्रतिशत पुर्याउने घोषणा गरेको हो। सन् २०२४ ताकाको जस्तै हुन पुगेको यो ब्याज दरले तपाईँको मोर्गेज मात्रै होइन, दैनिक जीवनका अन्य खर्च र आर्थिक निर्णयहरूमा कसरी असर पार्न सक्छ? यस महिनाको आर्थिक कुराकानीमा हामीले विश्वास भट्टराईलाई यो विषयका साथै, हालै पहिलो पटक घर किनेका मानिसहरूले जान्नुपर्ने कुराहरू, हालै सार्वजनिक भएको भिक्टोरियाको सन् २०२६-२७ को बजेट र आउँदो हप्ता घोषणा हुन गइरहेको सङ्घीय
-
‘Am I doing the right thing?’: An international student’s first counselling experience in Australia - ‘के म ठिक गरिरहेको छु?‘: अस्ट्रेलियामा पढ्ने क्रममा पहिलो पटक काउन्सलिङ लिँदा
07/05/2026 Duration: 09minAustralia continues to be a major destination for students from Nepal, the Indian subcontinent, and around the world, bringing both opportunities and challenges associated with international student life. One organisation supporting students from diverse backgrounds is The Break, where Melbourne-based Bachelor of Social Work student Sristina Ghimire is currently undertaking her placement. As part of her role, she provides counselling and other support services to others. Ghimire says it was a new experience for her to undergo mandatory counselling herself before beginning the placement. SBS Nepali spoke with Ghimire about her international student journey, interest in social work and what it felt like to receive counselling for the first time. - नेपाल, भारतीय महाद्वीप लगायत विश्वभरबाट आउने विद्यार्थीहरूका लागि अस्ट्रेलिया एक प्रमुख गन्तव्य रहँदै आएको छ। यो सङ्ख्या घटबढ हुने क्रमसँगै, अन्तर्राष्ट्रिय विद्यार्थी जीवनका चुनौती र अवसरहरू पनि उत्तिकै रहेको देखिन्छ। यस्तै विविध पृष्ठभूमिका विद्यार्थीहरूलाई एकजुट गर
-
Roblox recruitment: Why so many kids are falling into extremism - रोब्लक्स, माइनक्राफ्ट जोखिम: कतै तपाईँका बच्चाहरू पनि यस्तो खतरामा त छैनन्?
07/05/2026 Duration: 11minOnline gaming platforms like Roblox and Minecraft have become increasingly popular tools for extremist groups to recruit young people. With Australia's terror threat level at 'probable', the government has announced a new Counter Terrorism Online Centre to disrupt and divert terrorist networks from radicalising young Australians. - रोब्लक्स र माइनक्राफ्ट जस्ता अनलाइन गेमिङ प्लेटफर्महरूलाई चरमपन्थी समूहहरूले युवाहरू भर्ती गर्ने माध्यमका रूपमा बढ्दो रूपमा प्रयोग गर्दै आएका छन्।अस्ट्रेलियामा आतङ्कवादको खतरा स्तर ‘सम्भावित’ अर्थात् ‘प्रोबेबल’ रहँदै गर्दा, सरकारले आतङ्कवादी सञ्जालहरूले युवा अस्ट्रेलियनहरूलाई उग्रवादी बनाउने प्रयासलाई रोक्न र त्यसलाई अन्य दिशामा मोड्न नयाँ ‘काउन्टर टेरोरिजम अनलाइन सेन्टर’ स्थापना गर्ने घोषणा गरेको छ। एक रिपोर्ट।
-
Australian weather update for Friday, 8 May 2026 - शुक्रवार, ८ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
07/05/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १२ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Prabal Gurung: “I am a Nepali son, a brother, a friend and a well-wisher!” - फेसनको संसारभन्दा बाहिरका प्रबल गुरुङ: ‘नेपाली छोरा, भाइ, साथी र एक शुभचिन्तक’
07/05/2026 Duration: 12minEvery year on the first Monday of May, New York City hosts the Costume Institute Benefit—also known as the Met Gala—a major fundraiser for the Metropolitan Museum of Art. Renowned for its A-list celebrity guest list and extravagant outfits, the event this year embraced the theme “Costume Art” with “Fashion Is Art” as the dress code. In this SBS Nepali podcast, we’re bringing you the first part of our exclusive conversation with Prabal Gurung, the world-famous designer from Nepal. Gurung is a regular fixture at the gala alongside global icons. This interview was recorded at the SBS studios earlier this year, when Prabal Gurung was in town for Melbourne Fashion Week 2026. - अमेरिकाको न्युयोर्कमा हरेक वर्ष मे महिनाको पहिलो सोमवार, मेट्रोपोलिटन म्युजियम अफ आर्टका लागि चन्दा सङ्कलन गर्ने उद्देश्यका साथ कस्ट्युम इन्स्टिट्युट बेनेफिट वा ‘मेट गाला’ आयोजना हुने गर्छ। विशेष गरी नामुद सेलिब्रेटीहरू र उनीहरूका पहिरनका लागि चर्चित उक्त महोत्सवको यसपालिको थिम ‘कस्ट्युम आर्ट’ र ड्रेस कोड ‘फेसन इज आर्ट’ थियो। एसबीएस नेपालीको
-
‘ISIS Brides’ face arrest on return to Australia | Morning News Bulletin 7 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, ७ मे २०२६
07/05/2026 Duration: 05minA group of so-called 'ISIS brides' returning to Australia today; the US fires on an Iranian oil tanker in the Gulf of Oman; and in sport, disappointment as Federation Square in Melbourne cancels World Cup screenings. - आईएससँग सम्बन्धित चार महिला र नौ बालबालिका आज उत्तर–पूर्वी सिरियाका बन्दी शिविरहरूबाट अस्ट्रेलिया फर्कने तयारीमा रहेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
विक्रम लामा घटनामा अस्ट्रेलियाको नेपाली समुदायको चासो: ‘डिएनए’ परीक्षण रिपोर्टलाई छिटो बनाउन माग
06/05/2026 Duration: 12minजनसङ्ख्याको आधारमा अस्ट्रेलियामा नेपालीहरूको सबैभन्दा बढी बसोबास रहेको राज्य न्यु साउथ वेल्सको सिड्नीस्थित मध्य शहरमा रहेका व्यस्त ट्रेन स्टेसनहरू मध्येको एक, सेन्ट जेम्समा गत डिसेम्बरमा बेवारिसे अवस्थामा भेटिएको एक शव बारे पछिल्ला केही दिनमा निकै चर्चा भएका छन्। उक्त शव सो ट्रेनको सब वेमा बस्दै आएका नेपाली नागरिक विक्रम लामाको हुनसक्ने भन्दै रिपोर्टहरू सार्वजनिक भएपछि नेपालमा समेत यस बारेमा समाचारहरू बनेका छन्। औपचारिक रूपमा भने उनको सनाखत हुन बाँकी रहेको बताइँदै गर्दा, अस्ट्रेलियाका केही नेपाली सामुदायिक सङ्घसंस्थाहरूले पहिचानको प्रक्रियालाई छिटो गराउन आग्रह गरेका छन्। आइतवार, ३ मे मा तामाङ सोसाइटी अफ एनएसडब्लु र नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिया (निन्फा)ले समुदायसँग परामर्श कार्यक्रम राखेको हो। एक रिपोर्ट।
-
Australian weather update for Thursday, 7 May 2026 - बिहीवार, ७ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
06/05/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
From Nepal to Australia: Guinness World Record holder Lekhamani Trital on comedy and life - नेपाली स्ट्यान्ड अप कमेडियन लेखमणि त्रितालका कुरा: गिनिज रेकर्डदेखि अस्ट्रेलियामा कमेडिसम्म
06/05/2026 Duration: 26minNepali stand-up comedian Lekhamani Trital, widely recognised among younger audiences, is a Guinness World Record holder for performing stand-up comedy at the highest altitude. Now based in Australia, Trital spoke with SBS Nepali about his journey from Nepal’s comedy scene to Australian student life. In this conversation, he shares thoughts on comedy trends, the debate around vulgarity in humour, digital content, and Gen Z, his move to Australia, and personal experiences, from childhood memories to the growing influence of AI. - लेखमणि त्रिताल नेपाली हास्यव्यङ्ग्य र त्यसमा पनि युवा पुस्ताहरू माझ पछिल्लो समयमा निकै रुचाइएको स्ट्यान्ड अप कमेडि विधामा चिनिएको नाम हो। सन् २०२१ मा गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा उचाइमा स्याण्ड अप कमेडि गर्ने व्यक्तिका रूपमा आफ्नो नाम समेत दर्ता गराएका उनी हाल भने अस्ट्रेलियामा बसोबास गर्दै आएका छन्। उनै त्रितालसँग स्याण्ड अप कमेडिको यात्राको सुरुवात - नेप्ग्याज्म, गिनिज वर्ल्ड रेकर्ड, हास्यव्यङ्ग्यमा अश्लीलता, अस्ट्रेलिया अनुभव, साथै डिजिटल ट्रेन्ड र जीवनका विभिन्न पाटोबारे गरिएको क
-
‘This agreement offers great scope for economic connectivity!' - ‘यो सम्झौताले इकोनोमिक कनेक्टिभिटीमा धेरै काम गर्न सकिन्छ!’
06/05/2026 Duration: 05minA ‘Friendship City' agreement between City of Wyndham and Godawari Municipality in Nepal marks a new step in strengthening international ties at the local level. The agreement was signed on Tuesday, May 5 by Wyndham Mayor Preet Singh and the CEO of Godawari Municipality, Man Bahadur Khadka. SBS Nepali spoke with City of Wyndham, Deputy Mayor Jasmine Hill, CEO Man Bahadur Khadka, and coordinator Dan Ghising about the significance of the agreement and the opportunities it creates for future cooperation. - दक्षिण–पश्चिमी मेलबर्नस्थित सिटी अफ विन्डम र नेपालको ललितपुर स्थित गोदावरी नगरपालिकाबिच ‘मित्रता शहर’ सम्झौता सम्पन्न भएको छ। मङ्गलवार, मे ५ मा विन्डम सिभिक सेन्टरमा आयोजित कार्यक्रममा सिटी अफ विन्डमका मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मानबहादुर खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताले दुई नगरबिच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा दीर्घकालीन सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ। उक्त सम्झौताका बारेमा सिटी अफ विन्डमका उपमेयर ज्यास्मिन हिल, गोदावरी नगरपालिकाका प्रमुख
-
Iran ceasefire holding despite exchange of fire, US says | Morning News Bulletin 6 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, ६ मे २०२६
06/05/2026 Duration: 05minThe US says a fragile ceasefire is holding despite increased tensions over the Strait of Hormuz; the Reserve Bank explains why it's raised interest rates again; and in sport, Carlton fined over its handling of a mental health incident. - कार्लटनमाथि आफ्ना एक खेलाडीको मानसिक स्वास्थ्य समस्या सम्बन्धि घटनाको व्यवस्थापनका लागि ७५,००० डलर जरिमाना लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 6 May 2026 - बुधवार, ६ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
05/05/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Three dead in boating tragedy off the far north coast of New South Wales | Morning News Bulletin 5 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, ५ मे २०२६
05/05/2026 Duration: 05minThree dead in a boating tragedy off the far north coast of New South Wales... the United States shoots down multiple Iranian missiles... and Brisbane Lions player Koby Evans accepts responsibility for using a homophobic slur. - रिजर्भ बैङ्कको आज बस्ने बैठकले ब्याजदरका बारेमा निर्णय गर्दै, न्यु साउथ वेल्सको शिविरमा एक शिशुको मृत्यु भएपछि घरबार विहीन हुने अवस्थामा अन्त्यका तत्काल कदम चाल्नु पर्ने सरोकारवालाहरूको भनाइ र भिक्टोरियामा राज्य सरकारले आज बजेट ल्याउँदै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Nepal Diary: Foreign passport-holding doctors’ registration revoked and NCP leader questions election results - नेपाल डायरी: विदेशी पासपोर्ट लिएका डाक्टरहरूको दर्ता खारेजी र निर्वाचन परिणामप्रति नेकपा नेताको संशय
04/05/2026 Duration: 07minगएका सात दिन यताका प्रमुख नेपाली घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्। - गएका सात दिन यताका प्रमुख नेपाली घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।
-
'Community matters': Cultural exhibition in Sydney highlights Nepal’s heritage - ‘मान्छे भएपछि समाज महत्त्वपूर्ण हुने रहेछ’: सिड्नीमा नेपाली कला र संस्कृति सम्बन्धी प्रदर्शनी
04/05/2026 Duration: 15minGeorges River Council has organised an exhibition at Hurstville Museum and Gallery showcasing the art, culture, and stories of the local Nepali community. The display highlights Nepal’s heritage and the community’s growth in the region. Running until 30 August, it features traditional art, attire, and migrant stories. SBS Nepali spoke with attendees about why cultural preservation is important. - सिड्नीको दक्षिणमा रहेको जर्जेस रिभर काउन्सिलले त्यहाँ बसोबास गर्ने नेपाली समुदायको कला, संस्कृति र विविध कथाहरूलाई समेटेर एक प्रदर्शनी आयोजना गरेको छ। हर्स्टभिल म्युजियम एन्ड ग्यालरीमा जारी उक्त प्रदर्शनीले नेपालको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पृष्ठभूमिलाई उजागर गर्नुका साथै यस क्षेत्रमा विकसित हुँदै गएको नेपाली समुदायलाई प्रतिबिम्बित गर्ने लक्ष्य राखेको छ। शुक्रबार, १ मे मा उद्घाटन गरिएको उक्त प्रदर्शनी ३० अगस्टसम्म चल्नेछ। प्रदर्शनीमा नेपाली कला, संस्कृति, परम्परागत पोसाकहरूसँगै अस्ट्रेलियामा बसाइँ सरेका पहिलो पुस्ताका नेपालीहरू, यस क्षेत्रमा सञ्चालनमा रहेका व्यवसायहरू लगायतका जानकारीहरू पनि समेटिएका छन्। उक्त प्
-
के गठबन्धनले रिजनल अस्ट्रेलियामा आफ्नो पकड गुमाउँदै छ?
04/05/2026 Duration: 08minन्यु साउथ वेल्सको फारा निर्वाचन क्षेत्रमा आउँदो मे ९ मा हुने उपनिर्वाचनले राष्ट्रिय राजनीतिमा ठुलो प्रभाव पार्ने देखिएको छ। पहिले गठबन्धनका लागि सुरक्षित मानिएको उक्त क्षेत्रमा वन नेशन र एक स्वतन्त्र उम्मेदवार बलियो देखिएसँगै यसले प्रमुख दलहरूप्रति मतदाताको बढ्दो असन्तुष्टिको सङ्केत गरेको छ। एक रिपोर्ट।
-
Bondi attack inquiry to hear of ‘everyday’ antisemitism | Morning News Bulletin 4 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, ४ मे २०२६
04/05/2026 Duration: 04minPublic hearings to begin in the Royal Commission on antisemitism; another ship attacked in the Strait of Hormuz as the US reviews another peace proposal; and in sport, Matildas captain Sam Kerr breaks a record for Chelsea. - शाही आयोगद्वारा ‘एन्टीसेमिटिजम्’ बारेको सार्वजनिक सुनुवाइ सुरु, इन्धन आपूर्ति सङ्कटसँग जुध्न अस्ट्रेलिया राम्रो अवस्थामा रहेको सङ्घीय ऊर्जा मन्त्रीको भनाइ र ओस्कर पियस्ट्रीद्वारा मियामी ग्रान्ड स्लाम प्रिमा तेस्रो स्थान हासिल लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।