Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १० जुलाई २०२५
09/07/2025 Duration: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
विश्व सम्पदा सूचिकृत शार्क बेमा परम्परा धान्ने आदिवासी रेन्जरको छोटो कथा
09/07/2025 Duration: 04minपर्थबाट ८०० किलोमिटर उत्तरमा पर्ने अनि विश्व सम्पदा संरक्षण सूचीमा रहेको ‘शार्क बे’ मा एक मलगाना महिला नीलिशा ओक्ले, आफ्ना पूर्वजहरूले जस्तै जन्मभूमिको रेखदेख र जैविक विविधताको संरक्षणमा लागेकी छिन्। किन छ त यो महत्त्वपूर्ण र रेन्जर बनेको दुई वर्ष यता उनको अनुभव कस्तो छ?
-
‘एक तिहाई अस्ट्रेलियनले आफ्नो कार्यस्थलमा यौन दुर्व्यवहार भोगेको बताएका छन्’: मानव अधिकार आयोग
09/07/2025 Duration: 12minअस्ट्रेलियाको मानव अधिकार आयोगले कार्यस्थलमा यौन दुर्व्यवहारको शिकार भएका ३०० भन्दा बढी पीडितहरूको अनुभवमा आधारित एउटा रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्टले नीतिगत र व्यवहारिक अभ्यासबिच देखिएको खाडललाई सम्बोधन गर्न ११ वटा महत्त्वपूर्ण सिफारिसहरू प्रस्तुत गरेको छ।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ९ जुलाई २०२५
09/07/2025 Duration: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘AI cameras aren’t the complete solution for road accidents’ says Professor Nirajan Shiwakoti - ‘एआई क्यामराले मात्र दुर्घटना कम हुँदैन’ भन्छन् मेलबर्नका प्रोफेसर निराजन शिवाकोटी
08/07/2025 Duration: 36minAs governments across Australia crack down on distracted driving, AI-powered surveillance cameras capable of detecting non-compliance with mobile phones and seatbelts have been rolled out nationally from 1 July. RMIT University Professor Nirajan Shiwakoti says while the technological progress is commendable, a “holistic approach” is required for recent measures to be fully effective, including targeted resources and outreach to diverse communities. SBS Nepali spoke to Shiwakoti, who has been working in transport engineering for the past two decades, about the challenges in road safety and what can be done to address them. - नयाँ आर्थिक वर्षको सुरुवातसँगै मङ्गलवार, जुलाई १ देखि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशहरूका सडक नियमहरूमा केही फेरबदल भएका छन्। त्यस मध्ये सवारी चालकले गाडी चलाइरहेको समयमा मोबाइल फोन चलाएको र सिट बेल्ट सही तरिकामा नलगाएको पत्ता लगाउने एआई क्यामेराको प्रयोग एक हो। पछिल्लो समय उकालो लागेका सडक दुर्घटनाहरू कम गर्न सरकारले चालेको यो कदम सहयोगी भए तापनि यसको पूर्ण प्रभावकारिताका लागि विव
-
देशलाई नै स्तब्ध पार्ने मुद्दामा एरिन प्याटर्सन माथि लागेको आरोप प्रमाणित: अब के हुन्छ?
08/07/2025 Duration: 07minपछिल्लो समय ‘मशरुम मर्डर’ भनेर अस्ट्रेलियामा मात्र नभएर अन्तर्राष्ट्रिय मिडियामा पनि चर्चित रहेको मुद्दामा जुरीले आफ्नो फैसला सुनाएको छ। सोमवार, ७ जुलाई २०२५ मा पूर्वी भिक्टोरियाको मोरवेल स्थित् लाट्रोब भ्याली ल कोर्ट्समा बसेको भिक्टोरियन सर्वोच्च अदालतको १२ सदस्सीय जुरीले एरिन प्याटर्सनलाई दोषी ठहर गरेको हो। दुई सन्तानकी आमा रहेकी ५० वर्षीय प्याटर्सनलाई आफूसँग छुट्टिएर बसेका श्रीमानका तीन आफन्तको हत्या र अर्का एक परिवारजनको हत्याको प्रयास गरेको आरोपमा दोषी पाइएको छ। अब यो मामिलामा के हुन्छ? एक रिपोर्ट।
-
साप्ताहिक नेपाल अपडेट: ‘कुलिङ अफ पिरियड’ हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन
08/07/2025 Duration: 07minनिजामती सेवा विधेयकमा व्यवस्था भएको 'कुलिङ्ग अफ पिरियड'का बारे हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन, नेपाल चिकित्सक सङ्घको आह्वानमा सोमबार आकस्मिक बाहेक सेवा बन्द र नेपाल एएफसी विमेन्स एसियन कपको छनौटबाट बाहिरियो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
-
Are all wild mushrooms unsafe? - अस्ट्रेलियामा उम्रने विषालु च्याउ कसरी चिन्न सकिन्छ?
08/07/2025 Duration: 08minAs Gippsland’s death cap mushroom poisoning trial concluded with Erin Patterson being found guilty of serving a death cap mushroom-laced lunch to her guests, we recall our conversation with Yakindra Timilsena, President of the Nepalese Association of Agriculture, Forestry, and Environment in Australia, about identifying toxic mushrooms and important safety precautions. Food research scientist Timilsena is also the current president of the Nepalese Association of Victoria. - आफन्तहरूलाई विषालु ‘डेथ क्याप’ च्याउ खुवाएर हत्या गरेको आरोपमा भिक्टोरियाकी एरिन प्याटर्सन हालै दोषी ठहर भएकी छिन्। यही सन्दर्भमा हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग केही समय अगि गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता तथा वैज्ञानिक हुनुका साथसाथै नप्लिज एसोसिएसन अफ भिक्टोरियाका वर्तमान अध्यक्ष पनि हुन्।
-
SBS Nepali Australian weather update: Wednesday, 9 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ९ जुलाई २०२५
08/07/2025 Duration: 02minAustralian weather update for Wednesday, 9 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
08/07/2025 Duration: 07minListen to the top Australian news from the last seven days. - भिक्टोरियामा यहुदी समुदाय माथि आक्रमणका घटना बढेपछि नयाँ टास्क फोर्सको गठन, क्वान्टसद्धारा ग्राहकको व्यक्तिगत विवरण चोरी गर्ने ह्याकरले सम्पर्क गरेको सङ्घीय प्रहरीलाई जानकारी र विमान चढ्दा लिथियम ब्याट्रीका बारेमा सचेत रहन आग्रह गरिएको लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Erin Patterson found guilty of all charges in mushroom murder trial - आफन्तहरूलाई विषालु च्याउ खुवाएर हत्या गरेको आरोपमा एरिन प्याटर्सन दोषी ठहर
07/07/2025 Duration: 03minErin Patterson has been found guilty of murdering three of her estranged husband's relatives and the attempted murder of another over a death cap mushroom-laced lunch. The jury of seven men and five women took seven days to reach its verdict following a high-profile trial that lasted about nine weeks. - आफूसँग छुट्टिएर बसेका श्रीमानका तीन आफन्तको हत्या र अर्का एक परिवारजनको हत्याको प्रयास गरेको आरोपमा भिक्टोरियाकी ५० वर्षिया एरिन प्याटर्सनलाई दोषी पाइएको छ। सोमबार, ७ जुलाई २०२५ मा पूर्वी भिक्टोरियास्थित मोर्वेलको एक स्थानीय अदालतमा बसेको भिक्टोरियन सर्वोच्च अदालतको १२ सदस्सीय जुरीले ‘मशरुम मर्डर’ भनेर चर्चित उक्त एक मुद्दामा आफ्नो फैसला दिएको हो।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ८ जुलाई २०२४
07/07/2025 Duration: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
This is what some Nepali speakers in Australia have to say on the Dalai Lama’s 90th birthday - दलाई लामाको ९० औँ जन्मोत्सव: अस्ट्रेलियाका नेपालीभाषी के भन्छन्?
06/07/2025 Duration: 15minAs the Dalai Lama marks his 90th birthday on Sunday, July 6, we spoke to some community members about their impressions of the Lama and the future of Tibetan spiritual leadership. Listen to our conversation with Tenzing Yeshi from the Tibetan Community of Victoria, Sherpa Association of Victoria President Pemba Sherpa, former president Mingmar Sherpa, Melbourne-based Tibetan Buddhist monk Kunchok Bhutia and Madan Lama Tamang and Khusang Pakhrin from the Tamang Society of Victoria. - तिब्बतका धर्मगुरु दलाई लामाले आइतबार, ६ जुलाई २०२५ मा आफ्नो ९० औँ जन्मदिन मनाउँदै छन्। यही अवसरमा मेलबर्नमा विशेष कार्यक्रम गर्ने तयारीमा रहेका टिबेटन कम्युनिटी अफ भिक्टोरियाका टेन्जिङ येशी भन्छन् कि यो दोस्रो पुस्तालाई तिब्बती कला संस्कृति सिकाउने मौका पनि हो। योसँगै आउँदो दलाई लामा को होलान् भन्ने विषयमा येशी लगायत मेलबर्नका लामा कुन्चोक भुटिया, शेर्पा एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष पेम्बा शेर्पा र पूर्वाध्यक्ष मिङ्मार शेर्पा, तामाङ सोसाइटी अफ भिक्टोरियाका मदन लामा तामाङ र खुसाङ पाख्रिनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नु
-
SBS Nepali Australian weather update: Monday, 7 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ७ जुलाई २०२५
06/07/2025 Duration: 01minAustralian weather update for Monday, 7 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
नेडक सप्ताह २०२५: अस्ट्रेलियाको आदिवासी संस्कृतिलाई कलामार्फत कसरी जीवित राखिँदै छ?
06/07/2025 Duration: 06minसाउथ अस्ट्रेलियाकी आदिवासी कलाकार वानेला डोनोभन १२ वर्षको छँदा आफूले बनाएको चित्र पहिलो पटक एक पर्यटकलाई बेचेकी थिइन्। अहिले डोनोभनका चित्रकलाहरू अन्तर्राष्ट्रिय रूपमा चर्चित छन्, र उनले कलाकारहरूलाई संस्कृतिको सम्मान गर्दै कलाबाट आय आर्जन गर्न मद्दत गर्दै आएकी छिन्। हरेक वर्ष जुलाई महिनामा अस्ट्रेलियाका आदिवासी समुदायहरूको इतिहास, संस्कृति र उपलब्धिहरूको उत्सवका रूपमा नेडक सप्ताह आयोजना गर्ने गरिन्छ। यो वर्ष आदिवासीका भावी पुस्तालाई केन्द्रबिन्दुमा राख्दै आइतवार, ६ जुलाईदेखि १३ जुलाईसम्म नेडक सप्ताह मनाईँदै गरिएको सन्दर्भमा तयार पारिएको यो रिपोर्ट सुन्नुहोस्।
-
अबको दलाई लामा को?
06/07/2025 Duration: 09minचीनले अबको दलाई लामा चिनियाँ हुनुपर्ने अडान लिँदै गर्दा १४ औं दलाई लामाले भने आफ्नो उत्तराधिकारी स्वतन्त्र विश्वको कुनै पनि ठाऊँमा जन्म लिएको व्यक्ति र सम्भवतः महिला पनि हुनसक्ने सम्भावना व्यक्त गरेका छन्।
-
Indra Ban’s Australian Story (Part 6): Medal of the Order of Australia - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ६): मेडल अफ द अर्डर अफ अस्ट्रेलिया
05/07/2025 Duration: 09minIndra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she has been guiding and supporting the Nepali community in Sydney and around Australia. In this sixth episode of the 10-part special series about her journey and experiences in Australia, Indra Ban speaks to SBS Nepali about being awarded the OAM, how she discovered being honoured, and her reaction upon receiving the news. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो छैठौं एपिसोडमा चाहिँ उनले ओएएम हुने खबर कसरी पाइन् र त्यसपछि के-के भयो भन्ने बारे इन्द्रा बनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Sunday, 6 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ६ जुलाई २०२५
05/07/2025 Duration: 01minAustralian weather update for Sunday, 6 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?
05/07/2025 Duration: 05minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।
-
एउटा सानो देशका हजारौँ नागरिकले खोजेको ‘अस्ट्रेलियन क्लाइमेट भिसा’
05/07/2025 Duration: 09minजलवायु परिवर्तनका कारण, समुद्री सतह बढेर डुब्ने खतरामा रहेको भनी वैज्ञानिकहरूले भविष्यवाणी गरेको, प्रशान्त महासागर स्थित सानो देश टुभालुका एक तिहाइभन्दा बढी नागरिकहरूले अस्ट्रेलियामा बसाइ सर्न भन्दै एक ऐतिहासिक ‘क्लाइमेट भिसा’का लागि आवेदन दिएका छन्। उक्त भिसा दुई देशबिच जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न भन्दै गरिएको एक सम्झौताको नतिजा हो।