Sbs Nepali -
Community calls for safety after Nepali jewellery shop robbed in Brisbane - ब्रिसबेनको एक नेपाली गहना पसलमा लुटपाट, सुरक्षाको माग गर्दै समुदाय
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:12:45
- More information
Informações:
Synopsis
Queensland Police say they are investigating an armed robbery that took place at a jewellery store in Lutwyche, Brisbane, on Thursday, 8 May. SBS Nepali spoke to shopowner Tejendra Ghimire, nearby business owners and a community leader, following the event. - बिहिवार, आठ मेमा उत्तरी ब्रिसबेनको लट्विच् स्थित एक नेपाली गहना पसलमा भएको लुटपाटको घटनालाई लिएर अनुसन्धान जारी रहेको अधिकारीहरूको भनाई छ। क्वीन्सल्यान्ड प्रहरीका एक प्रवक्ताका अनुसार उनीहरूको प्रारम्भिक अनुसन्धानबाट हिजो दिउँसो एक बजे आसपास, केही बन्चरो र घन सहित नकाबधारी एक अज्ञात समूह उक्त पसलमा प्रवेश गरेको खुल्न आएको छ। त्यसपछि उक्त समूहले सिसाका क्याबिनेटहरू फुटाएर भारी मात्रामा गरगहना चोरी गरी, एक चोरीको गाडीमा फरार भएको पनि उनको भनाई छ। यता, पसलका सञ्चालक तेजेन्द्र घिमिरे र नजिकैका अन्य व्यवसायी तथा समुदायका सदस्यहरूले एसबीएस नेपालीसँग कुराकानी गर्दै घटनाले आफूहरूलाई त्रसित बनाएको बताएका छन्।